देशभरका किसान गणना गर्ने कृषि मन्त्रालयको तयारी – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

देशभरका किसान गणना गर्ने कृषि मन्त्रालयको तयारी

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका किसानहरुको गणना गर्ने भएको छ । ७ सय ५३ वटै स्थानीय तह मार्फत किसानहरुले उत्पादन गर्ने मुख्यबाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए न पाएको अवस्थाबारे विवरण संकलन गरिने मन्त्रालयले जनाएको छ ।
सरकारले राष्ट्रिय जनगणना गर्न लागेको बेला कृषि मन्त्रालयले कृषकको सर्वेक्षणबाट किसानका वास्तविक समस्याहरुको पहिचान गर्न खोजिएको पनि बताएको छ । सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षण सम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने मन्त्रालयको भनाइ छ । कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै किसानमा सरकारी पहुँच पुग्ने आशा गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्