तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान – Kanika Khabar
Friday, April 19Nepali News Portal

तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

    मा प्रकाशित

कनिका खबर
असोज २१, दाङ ।
संघीय संसदको संसदीय सुनुवाई समितिले युवराज खतिवडासहित तीनजना प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।
सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । उनीहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
आज बसेको सुनुवाई समितिको बैठकले तीनै जनाविरुद्ध उजुरी दिन १० दिनको समय दिएर सूचना प्रकाशित गरेको छ । कात्तिक ३ गतेसम्म उजुरी दिन सकिने समिति सचिवालयले जनाएको छ । सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार एवं प्रमाणसहित उजुरी दिन भनिएको छ । उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्