स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय – Kanika Khabar
Friday, March 29Nepali News Portal

स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

    मा प्रकाशित

कनिका खबर
असोज २१, काठमाडौँ ।
नेपाल सरकारले कोरोना भाइरसका कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जना भन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमतिदिने पनि निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आज बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।
सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्