अब राजधानीका लागि योजना तय गरौँ : कांग्रेस केन्द्रीय सदस्य चौधरी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अब राजधानीका लागि योजना तय गरौँ : कांग्रेस केन्द्रीय सदस्य चौधरी

    मा प्रकाशित

कनिका खबर
दाङ, २२ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले लुम्विनी प्रदेशको स्थायी राजधानी घोषणा सिंगो प्रदेशकै ‘न्यायोचित निर्णय’ भएको वताएका छन् ।

भेगीय स्वार्थको मतभेद भन्दा पनि प्रदेशका १२ वटै जिल्लाको केन्द्र कहाँ भन्ने कुरा महत्वपूर्ण रहने भन्दै उनले प्रदेश सभाले गरेको न्यायोचित निर्णयलाई समग्र प्रदेशबासीले स्वीकार गर्न सक्नु पर्ने वताए । ‘भेगीय हिसावले मतमतान्तर होलान्, ती मतमतान्तर देखिए पनि,’ केन्द्रीय सदस्य चौधरीले भने ‘भेगीय स्वार्थ भन्दा पनि आवश्यक्ता के हो ? भन्ने कुराको अबलम्बन गरिनु पर्छ, यसर्थ लुम्बीनी प्रदेशको स्थायी राजधानी प्रदेशका सबै जिल्लाका लागि न्यायोचित छ, यसमा कसैले मन दुखाउनु पर्ने बिषय म देख्दैन ।’

देउखुरीका स्थायी बासिन्दा केन्द्रीय सदस्य चौधरीले वातावरणीय अनुकुलता, भौगोलिक भु बनावट, जमिन खण्डिकरण जस्ता मुलभुत बिषयहरुलाई गम्भीर रुपमा अध्ययन गरेर मात्रै स्थायी राजधानीको गुरुयोजना निर्माण गरिनु पर्ने वताएका छन् । यसर्थ तत्कालै आत्तिएर राजधानी ‘भोलि नै ल्याईहाल्ने’ भन्ने मानसिकताबाट प्रदेश सरकारले हतार गर्न नहुने वताए ।

‘राप्ती नदीको किनारमा राजधानी बस्ने भनिएको छ,राप्तीको किनारमा राजधानी बस्दा भोलि त्यो राप्तीको पानीका बारेमा गम्भिर भएर सोच्नु पर्यो,’ उनले भने ‘नदी राजधानीको फोहर फाल्ने डम्पिङ साईटका रुपमा प्रयोग नहुने आधारहरु तयार गर्नु पर्यो ।’ यसैगरि राजधानी भैसकेपछि सवारी चाप स्वाभाविकै रुपमा बढ्ने भन्दै उनले थपे ‘अहिले त्यहाँ रहेका मार्गहरुले भोलीको यातायातको चापलाई थेग्न सक्छन् कि सक्दैनन् ? यो झनै गम्भीर बिषय हो ।’

त्यसैगरी प्रदेश सरकार स्थापनाका लागि जमिन खण्डिकरणले पार्न सक्ने प्रभावलाई सुक्ष्म तरिकाले मुल्यांकन गरेर योजना निर्माण गर्नुपर्ने चौधरीको भनाई छ । ‘प्रदेश सरकार स्थापना गर्दा त्यहाँ गरिने खण्डिकरणले र्ओ प्रभाव पार्छ, अतः कस्ता जमिनलाई खण्डिकरण गर्ने ? खेती योग्य जमिनलाई कसरी सुरक्षित राख्ने भन्ने अर्को मुलभुत बिषये हो,’ उनले भने ।

यसैगरी राजधानीमा जग्गा कारोवारीहरुको सक्रियता बढ्ने इतिहास औँल्याउँदै उनले त्यहाँ सदियौँ देखि बसोबास गर्दै आएका स्थानीयहरुलाई विस्थापित गरेर जग्गा कारोवारीहरुको हालीमुहाली हुन नदिने तर्फ सचेत रहनुपर्ने पनि वताए ।

‘भालुवाङ क्षेत्रमा सदियौँदेखि बस्दै आएका नागरिकहरुले त्यहाँको पहिचान जोगाउनका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै आए,’उनले भने ‘भोलिका दिनमा ती स्थानीयहरुलाई विस्थापन गरेर फरक व्यक्तिहरुको हालीमुहाली हुने खतरा अधिक रहन्छ, अतः प्रदेश सरकारले यो बिषयको निस्तेजका लागि ध्यान दिनु पर्ने हुन्छ ।’

यी बिषयहरुको विस्तृत योजना तयार पारेर मात्रै राजधानी स्थापनाको प्रकृया थाल्नुपर्ने सुझाव दिएका चौधरीले कसैको टिकाटिप्पणीका आधारमा राजधानी स्थापनाका लागि हतार गरिन नहुने सुझाव दिए । ‘तत्कालै राजधानी ल्याईहाल्न खोजिए पनि यहाँको अस्थायी भौतिक संरचनाले राजधानीको भार थेग्न सक्छ,’ उनले भने ‘तर स्थायी राजधानीका लागि स्थायी संरचना सहितको पूर्वाधार निर्माण हुनु पर्यो, यसका लागि हतार भन्दा पनि समय कुर्नु आवश्यक देखिन्छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्