अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किए – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किए

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना मुक्त भएपछि नियमित काममा फर्किएका छन् ।

कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका ट्रम्प त्यसको २ दिनपछि ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन् ।

ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन् । ‘मैले एकदमै राम्रो महसुस गरिरहेको छ लाग्छ यो भगवानको कृपा हो,’ ट्रम्पले भिडियो सन्देशमा भने ।

छिटै सबै अमेरिकीले कोरोना भाइरसको संक्रमणको निशुल्क औषधि पाउने आफू विश्वस्त रहेको समेत उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्