लयमा फर्कदै बजार, व्यवसायकाे समय बढाउन व्यावसायीकाे माग, राजधानीकाे भार थेग्ने व्यवसायका लागि व्यवसायी तयार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लयमा फर्कदै बजार, व्यवसायकाे समय बढाउन व्यावसायीकाे माग, राजधानीकाे भार थेग्ने व्यवसायका लागि व्यवसायी तयार

    मा प्रकाशित

मसिता चाैधरी
असाेज २२, दाङ ।


काेराेना महामारीकाे ६ महिना बढी समय बितिसकेकाे छ । काेराेनाकाे त्रास उस्तै छ । जाेखिम दिनानुदिन बढ्दै गइरहेकाे छ । लकडाउन खुकुलाे भयाे, लकडाउन हट्याे बजार बिस्तारै लयमा फर्कन थालेका छन् ।
बजारमा चहलपहल बढ्न थालेकाे छ । कोरोनाको महमारीमा लकडाउनकाे करिब ५ महिना सकस काटेका पसलहरू तङ्ग्रिन थालेका छन् ।
नजिकैदै गरेका चाडपर्वका कारण पनि बजारमा भीड बढ्न थालेकाे हाे ।
घाेराहीमा रहेकाे बिसिता फेन्सी स्टाेरकाे प्राेप्राइटरकी बिसिता चाैधरीले बिस्तारै सामान बिक्री बढिरहेकाे बताइन् । उनले भनिन, ` लकडाउकाे मारमा परेकाे व्यवसाय अब बिस्तारै सहज अवस्थामा अाउन थालेका छन्, पहिलेकाे जस्ताे व्यवसाय हुन सकेकाे छैन ।´
त्यसाे त तालावाङी फेन्सी स्टाेरका बालाराम खड्काले विगतकाे जस्ताे व्यवसाय हुन नसकेकाे बताएका छन् ।
यस कोरोनाको महमारीमा थला परेकाे बजार लयमा फर्कन अझै केही समय लाग्ने निश्चित छ ।


विगतकाे तुलनामा व्यवसाय कम भए पनि लकडाउनपछिकाे व्यवसाय दिनानुदिन बढदै जान थालेकाे दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताए । कनिका खबरसँगकाे कुराकानीमा उनले भने, लकडाउन खुलेसँगै खुलेकाे बजारमा अहिले चहलपहल बढ्न थालेकाे छ । व्यवसाय दिनप्रतिदिन बढ्दाे क्रममा छ । अब दाङकाे बजार राजधानीकाे बजार हाे । अब व्यवसायकाे समय बढाउन पर्ने हाम्राे माग हाे । थुप्रै व्यावसायी साथीहरूले माग आएकाे छ, राजधानीकाे भार खेप्ने बजारकाे समय व्यवस्थापनका लागि यथाशीघ्र प्रशनसनसँग हामीले छलफल गर्ने तयारी गरेका छाैँ ।´ उनले थपे, अब प्रशासनले सुरक्षाकाे व्यवस्थापन गर्नुपर्छ, व्यवसायकाे समय पूर्ण रूपमा बढाउन हामी तयार छाैँ, राजधानीकाे भार थेग्ने व्यवसायका लागि हामी तयार छाैँ । ´

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्