लाेक गायक स्व. नारायण पाण्डेकाे सालिक निर्माण हुने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

लाेक गायक स्व. नारायण पाण्डेकाे सालिक निर्माण हुने

    मा प्रकाशित

कनिका खबर
असाेज २२, दाङ ।


लोक तथा दोहोरी गीतका बादशाह स्वर्गीय नारायण पाण्डेको सालिक निर्माण गरिने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङको स्वर्गीय गायक पाण्डेको सम्झनामा सालिक निर्माणका लागि जग्गा खोजीका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केशव गिरीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरेको हो । समितिको सदस्यहरुमा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र दाहाल, सल्लाहकार टेमन बुढा, कमानसिंङ भारती र कैलाश रोका रहेका थिए ।
समितिले स्वर्गीय पाण्डेयको जन्मथलो घोराही उपमहानगरपालिका वडा नं. १३ मा जग्गा खोजी गर्ने उक्त ठाउँमा प्रतिष्ठानको जिल्ला शाखाको कार्यालयसँगै स्वर्गीय पाण्डेको सालिक निर्माण गरिने भएको प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालले जानकारी दिएका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १३ मा जन्मिएका लोक तथा दोहोरी गीतमा चर्चा कमाएपनि उनका रेकर्डिट गीतहरु पाउन सकिएको छैन ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता एव नेपाली कांग्रेसका जिल्ला उपसभापति कमानसिंङ भारति र घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष रविलाल घर्तिको विशिष्ट आतिथ्यतामा छलफल कार्यक्रम भएको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष प्रकाश अधिकारीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष काशीराम केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्