तुलसीपुरमा नगरप्रमुख पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

तुलसीपुरमा नगरप्रमुख पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ

    मा प्रकाशित

सलिना न्यौपाने
कनिका खबर
२२ असोज

तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । फिभर देखिएपछि असोज २० गते मंगलबार नगरप्रमुख पाण्डेको स्वाब लिइएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेक गर्दा उनको कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ आएपछि नगरप्रमुख पाण्डेले सबैलाई सहज रहन अनुरोध समेत गरेका छन् । ‘जनताको काममा खटिएका बेलामा संक्रमण भएपनि जनतामै मायाले छिटै निको हुने विश्वास छ ’ उनले भनेका छन् ।
अहिले उनी होम आइसोलेसनमा वसेको नगरप्रमुखका प्रेस संयोजक वसन्त आचार्यले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्