सेयर बजार दोहोरो अङ्कले घट्यो – Kanika Khabar
Friday, March 13Nepali News Portal

सेयर बजार दोहोरो अङ्कले घट्यो

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
साताको अन्तिम दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बिहीबार नेप्से परिसूचक ११ दशमलव ३४ अंकले घटेको र १ हजार ५ सय ८९ अंकमा झरेको छ । यस अघिको कारोबारमा नेप्से परिसूचक १ हजार ६ सय अंक भन्दा माथि पुगेको थियो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम राम्रै भएको छ ।
दिनभर भएका १ सय ९३ कम्पनीको ४८ हजार १ सय ९९ कारोबारबाट १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ५० लाख ५७हजार ९ सय ६६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्