सेयर बजार दोहोरो अङ्कले घट्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सेयर बजार दोहोरो अङ्कले घट्यो

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
साताको अन्तिम दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बिहीबार नेप्से परिसूचक ११ दशमलव ३४ अंकले घटेको र १ हजार ५ सय ८९ अंकमा झरेको छ । यस अघिको कारोबारमा नेप्से परिसूचक १ हजार ६ सय अंक भन्दा माथि पुगेको थियो । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम राम्रै भएको छ ।
दिनभर भएका १ सय ९३ कम्पनीको ४८ हजार १ सय ९९ कारोबारबाट १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ५० लाख ५७हजार ९ सय ६६ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्