जेसीज सप्ताहको पाँचौ दिन : रचना वाचन कार्यक्रम – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जेसीज सप्ताहको पाँचौ दिन : रचना वाचन कार्यक्रम

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।


दाङ महिला जेसीजको स्प्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पाँचौ दिन सन्देश मुलक साहित्यिक रचना वाचन कार्यक्रम सम्पनन भएको छ । दाङ महिला जेसीजकी अध्यक्ष जीबा भुषालको अध्यक्षता तथा संगीतकार सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समसामयिक तथा सन्देशमुलक रचना वाचन गरिएको थियो ।
अर्चना शर्माले जेसीज आस्था पाठ गरेकी थिइन् । कार्यक्रम संयोजक शर्मिला भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमको मुल संयोजक नारायणी भण्डारीको कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा प्रवल विष्ट, सन्ध्या रेग्मी, शारदा शर्मा, कमला रिजाल, प्रतिभा रिजाल, यम रेग्मी, मंगला राणा लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष कमलमणि देवकोटा, अधिकारकर्मी शुष्मा गिरी, नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राणा, काङ्ग्रेस नेतृ पुष्पा श्रेष्ठ, त्रिभुवन नगर जेसीजका पूर्व अध्यक्ष दिपक समिर, महिला जेसीजको संस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्ष शुशीला पौडेल, निवर्तमान अध्यक्ष रेखा शर्मा लगायतले मन्तव्य राखेका थिए ।
कार्यकारिणी उपाध्यक्ष अनिता ढकालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन भने महासचिज संगीता गिरीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्