बाइडेनसँगको भर्चुअल बहसमा बस्न ट्रम्प अनिच्छुक – Kanika Khabar
Friday, April 19Nepali News Portal

बाइडेनसँगको भर्चुअल बहसमा बस्न ट्रम्प अनिच्छुक

    मा प्रकाशित

एजेन्सी .
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् ।

अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको ट्रम्पले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्प बिहीबारदेखि काममा फर्किएका छन् । तथापी उनी अझै उपचारकै क्रममा रहेका छन्।

‘म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,’ फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने । राष्ट्रपतीय बहस आयोगले दोस्रो बहसको तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनीहरुका बीचमा पहिलो बहस अघिल्लो हप्ता भएको थियो । सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्थीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय गरेका हुन् ।

अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लिकनको तर्फबाट र पूर्वराष्ट्रपति विडेन डेमोक्र्याटको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्