बढी राजश्व संकलन गर्ने वडालाई सुनकोशीले दियो थप योजना पुरस्कार – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बढी राजश्व संकलन गर्ने वडालाई सुनकोशीले दियो थप योजना पुरस्कार

    मा प्रकाशित

पूर्णप्रसाद न्यौपाने
असोज २, ओखलढुंगा ।
ओखलढुंगाको सुनकोशी गाउँपालिकाले बढी राजश्व संकलन गर्ने वडालाई पुरस्कृत गरेको छ । १० वटा वडा रहेको सुनकोशीले गत आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व संकलन गर्ने तीन वटावडालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको हो । सबैभन्दा बढी राजश्व उठाउने वडालाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति अनुसार क्रमशः ५ लाख, ३ लाख र २ लाख बराबरको थप योजना दिएर बढी राजश्व संकलन गर्ने वडालाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो । करदातालाई करको दायरामा ल्याएर स्थानीय सरकारको आयस्रोत बढाउने लक्ष्य अनुसार बढी राजश्व उठाउने वडालाई प्रोत्साहन गर्ने गरिएको अध्यक्ष अधिकारीको भनाइ छ । व्यवसाय प्रवद्र्धन गरेर आन्तरिक स्रोत वृद्धिमा गाउँपालिकाले नीतिगत पहल गरिरहेको उहाँको भनाइ छ । चालु आर्थिक वर्षमा ३५ लाख आन्तरिक आयस्रोत संकलन गर्ने लक्ष्य लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्