थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, कोरोना सङ्क्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय पुग्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि, कोरोना सङ्क्रमितको संख्या एक लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६ सय पुग्यो

    मा प्रकाशित

कनिका खबर
असोज २३, दाङ ।
नेपालमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १ लाख ६ सय ७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा थप १६ सय ८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । हाल नेपालमा २७ हजार ५३ सक्रिय सङ्क्रमित रहेका छन् ।
सङ्क्रमितमध्ये ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेसनमा छन् भने १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै पछिल्लो २४ घन्टामा थप १० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । मृत्यु हुनेमा १ महिला र ९ जना पुरुष गरी १० जना रहेका छन् ।
झापाका २९ र ५२ वर्षका पुरुष, सुनसरीका ४६, ५३ र ६८ वर्षका पुरुष, काठमाडौंका ८७ वर्षका महिला, ७१ वर्षका पुरुष, ललितपुरका ८४ वर्षका पुरुष, रुपन्देहीका ४७ र ८४ वर्षका पुरुषहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्