भक्तपुरमा कोरोना सङ्क्रमित ३ हजार बढी – Kanika Khabar
Friday, March 29Nepali News Portal

भक्तपुरमा कोरोना सङ्क्रमित ३ हजार बढी

    मा प्रकाशित

सुवास चौलागाईँ
असोज २३, भक्तपुर ।
भक्तपुरमा कोरोना भाइरस सङ्क्रमितको संख्या तीन हजार बढि पुगेको छ । आज एकैदिन एकसय एक सय कोरोना सङ्क्रमित थपिएपछि भक्तपुरमा सङ्क्रमितको संख्या २ हजार २७ जना पुगेको हो। जसअनुसार एकहजार ६ सय २२ पुरुष र एकहजार २ सय ६५ जना महिला रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो । स्वास्थ्य मन्त्रालयले आज भक्तपुरमा ६९ महिला र ६६ पुरुष गरी जम्मा एकसय ३५ जनालाई सङ्क्रमण पुष्टि भएको जनाएको थियो तर भक्तपुरमा एकसय ५९ जना सङ्क्रमितको विवरण प्राप्त भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो । उहाँका अनुसार ८० पुरुष र ७१ महिला गरी एकसय ५१ जनाको ठेगाना प्रस्ट खुले पनि ४/ ४ महिला र पुरुष सम्पर्क विहीन छन् । उहाले आज भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ३० महिला र २४ पुरुष गरी ५४ जना नयाँ सङ्क्रमित थपिएको बताउनुभयो । मध्यपुर थिमि भक्तपुरमै सबैभन्दा बढी सङ्क्रमित देखापरेको नगरपालिका हो। मथ्यपुर थिमिमा आज सम्म सङ्क्रमितको संख्या एकहजार ६८ पुगेको छ । त्यस्तै आजथपिएकासँगै मध्यपुर थिमिमा सक्रिय सङ्क्रमितको संख्या ४ सय २६ पुगेको मिजारले जानकारी दिनुभयो ।उहाँले मध्यपुर थिमिका ६ सय २६ जना सङ्क्रमित डिस्चार्ज भएको बताउनुभायो । मध्यपुर थिमिका ११ पुरुष र ५ महिला गरी १६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। मध्यपुर थिमिपछि आज सूर्यविनायक नगरपालिकामा २७ पुरुष र १८ महिला गरी ४५ जना संक्रमित थपिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्