कोरोनाबाट थप दुई जनाको मृत्यु – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कोरोनाबाट थप दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २३, दाङ
थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गएराती बाँकेमा अस्पतालमा उपचाररत दुईजना मृत्यु भएको हो । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ बर्षका किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ बर्षका किशोरको उपचारका क्रममा गएराति मृत्यु भएको हो । निमोनियाबाट ग्रसितको अवस्था उहाँको उपचार भइरहेको थियो । यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्