कोरोना सङ्क्रमण बढदै गए पनि सरकारले तत्काल लगडाउन नगर्ने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कोरोना सङ्क्रमण बढदै गए पनि सरकारले तत्काल लगडाउन नगर्ने

    मा प्रकाशित

कनिका खबर
असोज २३, काठमाडौं

कोरोना सङ्क्रमण बढदै गएपनि सरकारले तत्काल लगडाउन नगर्ने भएको छ । हाल नेपालमा २७ हजार ५३ सक्रिय सङ्क्रमित रहेका छन् । विज्ञहरुले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेपछि लकडाउन गर्न सुझाव दिएका थिए । तत्कालका लागि लकडाउन नगर्ने योजना नबनाएको तर ठाउँ अनुसार फरक रणनीति अपनाउन सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले सीआईएनसँग कुराकानी गर्दै लकडाउन गर्ने त्यस्तो कुनै निर्णय नभएको र संक्रमण रोक्नु नै पहिलो प्राथमिकता भएको बताउनुभयो । नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३ हजार २ सय ८९ पीसीआर परीक्षण गरिएकोमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्