पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज २४, दाङ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।

आफूलाई कोरोना पुष्टि भएको सार्वजनिक यसरी गरे मन्त्री भट्टराईले

गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ ।

हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनस् कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु।

हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्