उत्तर कोरियाले सार्बजनिक गर्‍यो अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

उत्तर कोरियाले सार्बजनिक गर्‍यो अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको आइसीबीएम नामको क्षेप्यास्त्र सार्वजनिक गरेको छ । हिजो उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको आइसीबीएम नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुम बर्गले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किमजोङ उनले शत्रुको सम्भावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरण गरेको बताए ।
उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरे पनि अमेरिकाले सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ । सन् २०१८ र२०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक उनबीच दुई पटक शिखर वार्ता भएको थियो । ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्