कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीविरद्ध अविश्वास प्रस्ताव दर्ता – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कर्णाली प्रदेशका मुख्य मन्त्री शाहीविरद्ध अविश्वास प्रस्ताव दर्ता

    मा प्रकाशित

टेकराज केसी
असोज २५, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका १८ सांसदहरुले नै अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्य मन्त्री शाहीको कार्यशैली राम्रो नभएको, जनअपेक्षा अनुसार विकास निर्माणका काम नभएको भन्दै सांसदहरुले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

सांसदहरुले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई उक्त प्रस्ताव बुझाएका छन् । नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका सह इन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलले बताए ।
नेकपाका ३३ जना सांसद छन् । जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद छन् । ३२ जना सांसदमध्ये १८ जनाले मुख्य मन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेता कँडेलले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्