राप्रपाको केन्द्रीय समिति विस्तार, ४ सय सदस्य थपिए – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

राप्रपाको केन्द्रीय समिति विस्तार, ४ सय सदस्य थपिए

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । राप्रपाले आफ्नो ३ सय २७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४ सय सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पु¥याएको छ । राप्रपाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समिति विस्तार भएको जानकारी दिएको हो । पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्षत्रयको सहमति अनुसार केन्द्रीय कार्य समिति विस्तार गरिएको राप्रपाले जनाएको छ ।
एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्य समितिको विस्तार भएको राप्रपाले जनाएको छ ।पार्टीले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्