त्रिविको स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता हुने – Kanika Khabar
Friday, January 23Nepali News Portal

त्रिविको स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता हुने

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नोवेल कोरोना भाइरस का कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता सञ्चालन गर्ने भएको छ ।
सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिर तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिए । परीक्षा सम्बन्धी थप विवरण छिट्टै वेभसाइटमा प्रकाशित गरिने शर्माले बताए ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडका कारण रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्