त्रिविको स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता हुने – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

त्रिविको स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता हुने

    मा प्रकाशित

कनिका खबर
असोज २५, दाङ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नोवेल कोरोना भाइरस का कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता सञ्चालन गर्ने भएको छ ।
सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिर तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिए । परीक्षा सम्बन्धी थप विवरण छिट्टै वेभसाइटमा प्रकाशित गरिने शर्माले बताए ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडका कारण रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्