नेसन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई हरायो – Kanika Khabar
Saturday, January 17Nepali News Portal

नेसन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई हरायो

    मा प्रकाशित

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई हराएको छ ।

वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्याण्डले जित निकालेको हो । इंग्ल्याण्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एकरएक गोल गरे ।

बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने बेल्जियमले बनाएको थियो । खेलको १६औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

खेलको ३९औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काए । खेलको ८५औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्याण्डलाई २(१ को जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । दोस्रो स्थानको बेल्जियमले २ खेलमा ६ अंक जोडेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्