लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भुकम्पीय जोखिम मापन – Kanika Khabar
Friday, April 19Nepali News Portal

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भुकम्पीय जोखिम मापन

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भुकम्पीय जोखिम मापन गरिएको छ । राजधानीको ब्यवस्थापनको लागि विभिन्न अध्यन अनुगमन संगै त्रिभुवन विश्व विद्यालय भुगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगा नगरपालिका र गढवा गाउँपालिकाको रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको हो ।

भुगर्भ शास्त्री डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलिले ईलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको ममवाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलोक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहनशिलताका वारेमा अध्ययन गरिएकोे हो ।

लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदाहुने तरगंको कारण र अवस्थाका वारेमा अध्ययन गरिएको टोलीका भुगर्व शास्त्री डाक्टर सुवेश घिमिरेले जानकारी दिएका छन् ।
भुगर्भ शास्त्री डाक्टर सुवेश घिमिरेले विगतको अवस्थालाई अध्यन गर्दा कुमाउ देखी पोखरा लमजुङ सम्मको क्षेत्रमा ठुलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधी पत्ता लगाउन अनुसन्धान गरिएको बताए ।

भुकम्पीय जोखीम मापनका लागि उच्च स्तरको भि यस ३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जीयोफोन को प्रयोग गरि सेस्मो ग्राफको माध्यमवाट धेरै टाढा वाट आउने पृथ्वीको कम्पनलाई पत्ता लगाउन यो विधाको प्रयोग गरेको घिमिरेले बताए ।

हिमालय क्षेत्रमा भारत महादिप ठाउँ अनुसार हरेक बर्ष करीब दुई देखि पाँच सेन्टिमिटरकादरले एशिया महादिपतर्फ नेपालका सन्दर्भमा चीन तर्फ धस्रिंदै जाने र हिमालयन प्लेटका आधारमा भुकम्पीय धक्काको अनुमान गर्न सकिने हुँदा यस क्षेत्रको अध्ययन गरिएको टोलीका भुगर्व शास्त्री डाक्टर कमलाकान्त आचार्यले जानकारी दिएका छन् ।

लुम्विनी प्रदेशका लागि आगामी दिनमा ठुला भौतिक संरचना निर्माण हुने हुँदा जमिनको भुबनौटको वारेमा जानकार हुनु आवस्यक रहेकोले आगामी दिनमा निर्माण हुने संरचना र जमीनको विचमा रहेको अन्तर सम्वन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको र आउन सक्ने प्रकोप बाढी, पहिरो, भुकम्प, हावाहुरी लगायतका प्रकोप संग जमिनले कस्तो प्रतिक्रिया आउँछ भन्ने पक्ता लगाउन यो अनुसन्धानले सहयोग गर्ने भुगर्भ शास्त्री डाक्टर सुमन पन्थीले जानकारी दिएका छन् ।

राप्ती तटिय जमिनको अवस्था र तराई, मधेश, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुँदा राप्ती गाउँपालिका क्षेत्र, शितगंगा साथै गढवा क्षेत्रको भुकम्पीय जोखीम मापन पश्चात विश्व विद्यालयले सरोकारवालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने भुगर्भ शास्त्री डाक्टर सुमन पन्थीले जानकारी दिएका छन्।

लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै रहेको र पछि भारत महादिप चलायमान हुंदै उत्तरपुर्व तर्फ बढ्दै आई एसियासंग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पती भएको मानिदै आएको छ ।

पछिल्लो समय भारत महादिप यसरी अगि बढ्ने क्रम अझै पनि जारी रहेको छ । हिमालय क्षेत्रमा भारत महादिप ठाउँ अनुसार हरेक बर्ष करीब दुइ देखि पाँच सेन्टिमिटरकादरले एशिया महादिपतर्फ नेपालका सन्दर्भमा चीन तर्फ धस्रिंदै गएको छ भन्ने कुरा जि पि एस ले नापिएको तथ्यांकले देखाउने अध्यनमा संलग्न टोलीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्