दुर्गम क्षेत्रमा प्रभावकारी बन्न सकेन अनलाइन कक्षा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

दुर्गम क्षेत्रमा प्रभावकारी बन्न सकेन अनलाइन कक्षा

    मा प्रकाशित

नन्दा थापा
असोज २६, बाजुरा ।
कोरोनाका कारणले विद्यालय लामो समय बन्द भए । सरकारले विद्यार्थीको सिकाइ नटुटोस् भनेर बैकप्लिक सिकाइलाइ मान्यता दिएको छ । तर, दुर्गम क्षेत्रमा अनलाइन मार्फत हुने बैकल्पिक सिकाइ प्रभाबकारी भएको छैन । पढाइ प्रभावकारी छैन, तर निजि विद्यालयको शूल्क भने तिर्नु परेको अभिभावकको गुनासो छ । कोरोना महामारीका कारण चैत्र ६ गते देखिनै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भए ।
लामो समयसम्म बालबालिका घरै बस्दा सिकाइमा प्रभाब परेको भन्दै सरकारले बैकल्पिक शिक्षालाइ मान्यता दियो । तर बाजुरामा बैकल्पिक शिक्षा प्रभाबकारी देखिएको छैन । इन्टरनेटको पहुँच नभएका कारण बालबालिकाले पढ्न पाएका छैनन्, तर अभिभावकले विद्यालयको रकम भने तिर्नुपरेको छ । इन्टरनेटकै कारण माध्यामिक देखि उच्च माध्यामिक तह सम्मका विद्यार्थी प्रभावित बनेका छन् । खप्तड छेडेदह गाउँपालिका ७ का प्रोडक्सन मेकानिकल इन्जिनियर अध्ययन गरिरहेका नविन नेपाली इन्टरनेटको राम्रो पहुँच नभएका कारण पढाइ प्रभाबकारी नभएको बताउछन् । इन्टरनेटको अभाव, स्मार्ट फोन, ल्यापटप, आइप्याड लगायतका सुविधायुक्त साधनहरुमा पहुँच नभएकाले बाजुरामा बैकल्पिक शिक्षा कार्यान्वयन नभएको सुदुरश्चिमाञ्चल क्याम्पस पढिरहनुभएका प्रकाश नेपालीको भनाइ छ ।
सबै ठाँउका विद्यार्थीहरु नेटको पहुँचमा छैनन् । नेटको पहुँच भए पनि सबै विद्यार्थीहरु संग नेट चलाउने उपकरण छैन । जसले गर्दा बैकल्पिक शिक्षाले लक्ष्य अनुसारको प्रतिफल दिएको छैन । यसले विद्यार्थीलाई झन दोहोरो आर्थिक भार पु¥याएको सिभील ईन्जिनियर अध्ययन गरिरहेका बडिमालिका नगरपालिकाका दिपक दानी बताउछन् ।
बाजुरामा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको संख्या पछिल्लो समयमा बढेको भए पनि इन्टरनेट सेवा महँगो र अस्थिर पनि छ. । त्यसैले बाजुरा सहित सुदुरपश्चिमका ग्रामिण भेगमा बैकल्पिक शिक्षा प्रभाबकारी भएको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्