सार्वजनिक यातायातलाई सबै सिटमा यात्रु राख्न अनुमति – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सार्वजनिक यातायातलाई सबै सिटमा यात्रु राख्न अनुमति

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।
अब सार्वजनिक यातायातले सबै सिटमा यात्रु राख्न पाउने भएका छन् । आज सोमबार बसेका मन्त्री परिषद्को बैठकले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको हो । यस अघि सार्वजनिक यातायातमा बढीमा आधा सिट क्षमतामा यात्रु राखेर यातायात चलाउनुपर्ने निर्णय भएको थियो ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।
अब दसैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्