नेपालमा अहिलेसम्म ७७ हजार २७७ जना सङ्क्रमणमुक्त – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपालमा अहिलेसम्म ७७ हजार २७७ जना सङ्क्रमणमुक्त

    मा प्रकाशित

कनिका खबर

असोज २७, दाङ ।

नेपालमा हाल सम्म कोरोनाका कारण सङ्क्रमित भएका मध्ये ७७ हजार २७७ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४ सय ७३ जना सङ्क्रमणमुक्त भएका छन् यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको र यो संगै नेपालमा कोरोना हुनेको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । थपिएका  सङ्क्रमितमध्ये २ हजार २८३ जन काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १ हजार ८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् । यससँगै कुल सङ्क्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । हाल देशभर ३३ हजार ८८० सक्रिय सङ्क्रमित छन् । सङ्क्रमित मध्ये ६४५ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्