नेकपाका शीर्ष नेताहरु छलफलमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेकपाका शीर्ष नेताहरु छलफलमा

    मा प्रकाशित

कनिका खबर
असोज २८, दाङ ।
नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । कर्णाली प्रदेशको नेकपामा देखिएको राजनीतिक शङ्कट समाधानका लागि शीर्ष नेताहरु काठमाडौंमा छलफलमा जुटेका हुन् ।
आज बुधबार दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेतामाधव कुमार नेपालबीच आन्तरिक र दुई पक्षीय छलफल हुँदैछ । भोलि बिहीबार छलफलका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री र नेताहरुलाई काठमाडौं बोलाइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सात जना प्रदेशसभा सदस्यहरु पछि हटेपछि राजनीतिक शङ्कट तत्कालका लागि टरेको हो । मुख्यमन्त्री शाही र ७ जना सांसदहरुबिच सहमति भइसकेको छ । सहमति अनुसार तीनजना मन्त्री र एक जना संसदीय दलको सचेतक असन्तुष्ट समूहले पाउने भएको छ ।अध्यक्ष ओली समुह दवावमा परेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्