दाङको लमहीमा कार्तिक १ देखि १५ गतेसम्म विद्यालय बन्द हुने – Kanika Khabar
Saturday, January 24Nepali News Portal

दाङको लमहीमा कार्तिक १ देखि १५ गतेसम्म विद्यालय बन्द हुने

    मा प्रकाशित

कनिका खबर
दाङ, २८ असोज ।
दाङको लमही नगरपालिकाले कोरोनाको जोखिम बढ्दै गएको कारण नगरपालिकाभित्रका सबै विद्यालय कार्तिक १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ ।

नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द रहने नगरपालिका अन्तर्गतको शिक्षा शाखाले जनाएको छ ।

सरकारको सिकाइ निर्देशिका अनुसार असोज पहिलो सातादेखि लमहीसहित जिल्लाका विद्यालयहरुले अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठनलाई गति दिएका थिए । घोराहीमा यसअघि नै विद्यालय बन्द भइसकेका छन् ।

यसैगरी वंगलाचुली गाउँपालिकाले पनि अर्को सूचना नआउदासम्म विद्यालय बन्द भएको जनाएको छ । मंगलवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नहुँदासम्मका लागि गाउँपालिकाभित्रका विद्यालयहरुको पठनपाठन बन्द गरिएको जनाएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्