मन्त्रीपरिषद हेरफेर, नवनियुक्त मन्त्रीको शपथ आज – Kanika Khabar
Saturday, January 17Nepali News Portal

मन्त्रीपरिषद हेरफेर, नवनियुक्त मन्त्रीको शपथ आज

    मा प्रकाशित

कनिका खबर
असोज २९, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी तोकिएको छ । लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ भने यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिईएको छ । कृष्णगोपाल श्रेष्ठले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । प्रधानमन्त्रीले मन्त्रीपरिषदका सदस्य र जिम्मेवारी हेरफेर गर्नुअघि हिजो पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसंग पनि छलफल गर्नुभएको थियो । अध्यक्ष प्रचण्डलाइ यसबारेमा जानकारी भएको भएपनि सहमति भने नभएको बिषय बाहिरिएको छ । यससंगै नेकपा भित्रको विवाद झन् बढ्न सक्ने देखिएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण भने आज हुँदै छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्