अब सजिलो होला त प्रधानमन्त्रीलाई ? क्याबिनेटमा दुई तिहाई मन्त्री प्रधानमन्त्री निकटका – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अब सजिलो होला त प्रधानमन्त्रीलाई ? क्याबिनेटमा दुई तिहाई मन्त्री प्रधानमन्त्री निकटका

    मा प्रकाशित

कनिका खबर
असोज २९, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक चातुर्यका रुपमा देखिदै आएका छन् । पटकपटक कमजोर शिराका रुपमा उनलाई देखाइए पनि अन्ततः उनले आफ्ना कमजोर शिरालाई सन्तुलनमा ल्याउन सफल भएका छन् । पार्टीभित्रका नेताहरु नै प्रतिपक्षभन्दा कडा रुपमा प्रस्तुत हुँदा पनि केपी ओलीलाई कुनै फरक परेन । आफ्ना विरुद्धमा उभिनेहरुलाई बडो सहज ढङ्गबाट व्यवस्थापन गर्ने राजनीतिक क्षमता ओलीमा देखिन्छ ।
पटक पटक प्रधानमन्त्रीको कुर्सीमा कम्पन आए पनि त्यो कम्पनले उनलाई असर पुर्‍याउन सकेन । त्यति मात्रै कहाँ हो र पार्टी फुटको सँघारमा पुग्दा समेत उनले पार्टीलाई झनै एक ढिक्का बनाउन कसरत गरे । पार्टी अब विभाजन हुने भन्ने बारे भएका अङ्क गणितीय आँकलनलाई समेत ओलीले मिथ्या सावित गराइदिए । योसँगै प्रधानमन्त्रीको नेतृत्व क्षमता झनै अब्बल मानिदै जान थालेको हो । पार्टीभित्रका गुट उपगुट जति उफ्रिए पनि ती गुट उपगुटलाई उनले यथास्थनमै सन्तुलित बनाइदिए । जति चर्को बिरोध भए पनि अन्तिम घडीमा समस्यालाई सहज अवतरण मात्र बनाएनन् आफूलाई सदन र क्याविनेटमा समेत बलियो बनाउँदै लगेका छन् ।
पछिल्लो पटक भएको मन्त्री परिषद्को पुनर्गठनले प्रधामन्त्री ओलीलाई क्याविनेटभित्र बलियो बनाएको छ । अब क्याविनेटमा प्रधानमन्त्री ओलीको पक्षका दुई तिहाइ पुगेको छ ।
२५ जना मन्त्रीहरु मध्ये आफूसहित १६ मन्त्री आफ्नो निकटका पारेका छन् । इश्वर पोख्रेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, शिबमाया तुम्बाहाङ्फे, जगतबहादुर बिक, पद्मा अर्याल, पार्वत गुरुङ, लिलानाथ श्रेष्ठ, हृदयश त्रिपाठी, भानुभक्त ढकाल, बसन्त नेम्बाङ, मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर प्रधानमन्त्री निकटका रहेका छन् ।
प्रचन्ड निकट मन्त्रीहरु ७ जना रहेका छन् । रामबहादुर थापा, गिरीराजमणि पोख्रेल, वर्षमान पुन, लेखराज भट्ट, शक्तिबहादुर बस्नेत, रामेश्वर राय र बीना मगर प्रचन्ड निकट मन्त्रीहरु रहेका छन् । बाँकी २ जना माधव नेपाल निकटका मन्त्री रहेका छन् । घनश्याम भुषाल र गोगेश भट्टराई नेपाल निकटका मन्त्रीहरु हुन् ।
अहिले पार्टीभित्र फेरि प्रधानमन्त्री ओलीप्रति गुनासो गर्न थालिएको छ । मन्त्रीपरिषद् पुनर्गठनमा प्रधानमन्त्रीप्रति भएका गुनासा सार्वजनिक हुन थालिसकेका छन् । अब क्याबिनेटमा दुई तिहाइ बहुमत भएपछि प्रधानमन्त्रीलाई सहज हुने या यसले झनै गुनासा र विवाद सिर्जना गर्ने हो हेर्न बाँकी नै छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्