चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त – Kanika Khabar
Sunday, April 19Nepali News Portal

चलचित्रकर्मी पीडित छायांकनस्थल अध्ययन समितिमा नियुक्त

    मा प्रकाशित

कनिका खबर

काठमाडौं,२९ असोज ।

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष एवं चलचित्र निर्देशक केएल पीडितलाई चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समितिको सदस्यमा नियुक्त गरेको छ ।

बोर्डको असोज २२ गते बसेको बैठकले चलचित्रकर्मी पीडितलाई सदस्यमा नियुक्त गरेको थियो । बोर्डले महेन्द्र प्रसाद साँखी सदस्य सचिव रहेको ७ सदस्यीय चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समिति गठन गरेको छ । जसमा सदस्यहरूमा प्रदीप कुमार उदय, मनोज श्रेष्ठ, केएल पीडित, सोनु थारु, बाबुराम पन्थी र दिनेश बानियाँ हुनुहुन्छ ।

समितिले लुम्बिनी प्रदेशमा संभाव्य चलचित्र छायांकन स्थलहरुको अध्ययन, अनुसन्धान र अवलोकन गरी उपयुुक्त स्थानको पहिचान सहित २०७७ पौषभित्र बोर्ड र लुम्बिनी प्रदेश सरकारको संबन्धित निकायलाई स्पस्ट खाका सहितको प्रतिवेदन बुझाउने कार्यक्षेत्र तोकिएको नवनियुक्त सदस्य पीडितले बताउनु भयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्