गम्भीर प्रकृतिका कसुरमा मिलापत्र नगाराउन स्थानीइ सरकारलाई संघीय सरकारको निर्देशन – Kanika Khabar
Saturday, January 17Nepali News Portal

गम्भीर प्रकृतिका कसुरमा मिलापत्र नगाराउन स्थानीइ सरकारलाई संघीय सरकारको निर्देशन

    मा प्रकाशित

कनिका खबर
असोज ३०, काठमाडौं
सरकारले गम्भीर प्रकृतिका कसुरमा आवश्यक प्रवद्र्धनात्मक तथा निरोधात्मक काम गर्न पालिकालाई निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका पालिकालाई परिपत्र गरी गम्भीर अपराधमा मिलापत्र गर्ने र गराउने काम रोक्न निर्देशन दिएको हो । बलात्कार जस्ता गम्भीर प्रकृतिका घटनाहरु सार्वजनिक भएपछि यसअघि महान्यायाधिवक्ताको कार्यालयले चासो व्यक्त गरी त्यस्ता कार्य रोक्नका लागि प्रवद्र्धनात्मक तथा निरोधात्मक कार्यहरु गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो । पालिकाका जनप्रतिनिधिहरु समेत रोहबरमा बसी पीडक र पीडितका बीचमा मिलापत्र गराउने तथा सहमतिको कागज गराएकोप्रति ध्यानाकर्षण भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्