प्रहरीले पत्रकारमाथि गर्दै आएको दुर्व्यवहारप्रति प्रेस युनियनको ध्यानाकर्षण – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रहरीले पत्रकारमाथि गर्दै आएको दुर्व्यवहारप्रति प्रेस युनियनको ध्यानाकर्षण

    मा प्रकाशित

कनिका खबर
असोज ३०, दाङ ।

nepal-press-union - Dna Nepal
पछिल्लो समयमा दाङ जिल्लामा प्रहरीले पत्रकारमाथि गर्दै आएको दुव्र्यवहारप्रति नेपाल प्रेस युनियन दाङले ध्यानाकर्षण भएको जनाएको छ । आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रेस युनियन दाङले प्रहरीलाई यस्तो व्यवहार सच्चाउन आग्रह गरेको छ । जिल्ला अध्यक्ष सन्तोष सुवेदी र सचिव आर के शितलद्वारा जारी विज्ञप्तिमा कार्यक्षेत्रमा खटिएका पत्रकारको कुनै पनि बाहनामा मनोबल गिराउने कार्य, दुव्र्यवहार वा अन्य अभद्र कार्य सह्य नहुने बताइएको छ ।

विज्ञप्तिको पूर्णपाठ
नेपाल प्रेस युनियन दाङ
प्रेस विज्ञप्ती
२०७७÷०६÷३०
जनताको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीबाट दाङ जिल्लाका पत्रकारहरुमाथि केही समयदेखि भइरहेका दुव्र्यवहारका घटनाप्रति नेपाल प्रेस युनियन गम्भीर भएको छ । विशेषगरी रातिको समयमा काम गर्ने, सूचना सङ्कलन तथा सम्प्रेषणमा खट्ने पत्रकारमाथि प्रहरीबाट बारम्बार यस प्रकारका दुव्र्यवहारका घटना दोहो¥याइरहेको छ । यस्को पछिल्लो सिकार स्वर्गद्वारी एफ एम र नागरिक दैनिकमा कार्यरत नेपाल प्रेस युनियनका निवर्तमान जिल्ला सचिव देबेन्द्र बस्नेत हुनु भएको छ । राति १० बजेसम्म सञ्चालन हुने रेडियोको १० बजेको समाचार बुलेटिन बाचन गरेर एक सय मिटरको दुरीमा रहेको कोठामा जाँदै गर्दा गाडीमा गस्तीमा रहेको प्रहरीले गाडिभित्रैबाट अश्लिल शब्द प्रयोग गरी गालि गलौच गर्नुका साथै पूनः सडकमा देखिए राम्रो नहुने धम्की दिएको छ । सो स्थान भन्दा केही अगाडि पुग्दा मोटरसाइकलमा सवार प्रहरीले पूनः रातिमा नहिँड्न धम्की दिएको छ । अर्काको कुरा सुन्दै नसुनी एकतर्फी गालीगलौच गर्नुले प्रहरीको मानसिकता सहजै बुझ्न सकिन्छ । बस्नेत मात्र नभई घोराहीबाट प्रकाशन हुने पत्रिका र सञ्चालन भइरहेका एफ एम रेडियोमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरु राति अबेर ड्युटी सकेर घर फर्कने गरेका छन् । सूचना सम्प्रेषण कार्यमा संलग्नहरुलाई रातिमा सुरक्षा प्रदान गर्नुको साटो उल्टै प्रहरीबाट रातिमा नहिँड्न बारम्बार धम्की आउनु र जिल्ला प्रहरी कार्यालयका जिम्मेवार अधिकारीलाई घटनाको बारेमा जानकारी गराँउदा पनि कुनै सुनुवाइ नहुनुले हामीलाई गम्भीर बनाएको छ । यस प्रकारका घटना पूनः नदोहोरिने विश्वास गर्न सकिने वातावरण तयार पार्न जिल्लाको ुुरक्षा निकायलाई हामी आग्रह गर्दछौं । सबै पत्रकारले कुनै पनि समयमा निर्भिक ढङ्गले काम गर्न सक्ने वातावरण तयार पार्न सम्बद्ध सबैमा पनि हाम्रो आग्रह छ । कार्यक्षेत्रमा खटिएका पत्रकारको कुनै पनि बाहनामा मनोबल गिराउने कार्य, दुव्र्यवहार वा अन्य अभद्र कार्य सह्य नहुने जानकारी गराउदै त्यस्ता घटनामा संलग्नहरुलाई कारबाहीका लागि जोडदार रुपमा माग गर्दछौं ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्