आज घटस्थापना घर, घरमा जमरा राखियो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज घटस्थापना घर, घरमा जमरा राखियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १, काठमाडौं

नवरात्रको पहिलो दिन आज घटस्थापना, घटस्थापनाको अवसरमा नेपालीहरुको घर घरमा बडादसैंको जमरा राखिएको छ । दसैंको पहिलो दिन घटस्थापनाका अवसरमा हिन्दु धर्मावलम्बी नेपालीको घर, घरमा जमरा राख्ने गरिन्छ । घटस्थापनाकै दिन काठमाडौंको वसन्तपुरमा रहेको दसैंघरमा पनि जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाइँ गरेसँगै आज बिहान ११ः४६ को शुभसाइतमा जमरा राखिएको हो । कोभिड १९ का कारण यो वर्ष केही समस्या भएपनि स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाएर जमरा राखिएको शार्दुलजंग गुल्मका गुल्मपति सेनानी विकाश शाक्यले बताउनुभयो । विश्व नै कोभिड १९ बाट प्रभावित भएपनि पूजालाई सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर निरन्तरता दिइएको उहाँले बताउनुभयो । बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैंघरमा जमरा रोप्ने गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्