कनिका खबर
कार्तिक २, बझाङ
बझाङमा पछिल्लो समय मातृ मृत्युदर झण्डै शुन्यमा झरेको छ । बालमृत्युदरमा पनि उल्लेख्य कमी आएको स्वास्थ्यकर्मीले बताएका छन् । पहिले सामाजिक अन्धविश्वास सँगै औषधि उपचारको व्यवस्था नहुदा शिशु तथा गर्भवतीको ज्यान जाने गरेको थियो । तर, पछिल्लो समय बाल मृत्युदरमा कमी आएको छ भने भने मातृ मृत्युदर झण्डै शुन्यमा झरेको, जिल्ला अस्पताल बझाङमा लामो समय देखि कार्यरत्त स्वास्थ्यकर्मी लक्ष्मी देवी साही बताउँनुहुन्छ । नेपाल सरकार र विभिन्न दातृ निकायले आमा तथा बालबालिकाको स्वास्थ्य सुधारको लागि सचेतना मूलक कार्यक्रम ल्याएपछि अहिले बझाङमा बाल मृत्युदर घटेको हो । सुत्केरीलाई असजिलो भए उपचारका लागि हेलिकोप्टरबाट अन्यत्र पठाइने क्रम पनि बढेको छ । यसले मातृ मृत्युदरमा कमि भएको छ भने बाल मृत्युदरको क्रम पनि घटेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशिले बताउनुभयो । नवजात शिशु , गर्भवती तथा सुत्केरीको स्वास्थ्य, पोशण र हेरचाह राम्रो संग गर्न सकेमा बाल तथा मातृ मृत्युदर शुन्यमा झार्ने सरकारको लक्ष्य पूरा हुने स्वास्थ्यकर्मिहरु बताउँछन् ।
मा प्रकाशित


