मदन पुरस्कार र जगदम्बाश्री सम्मान अर्पण – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मदन पुरस्कार र जगदम्बाश्री सम्मान अर्पण

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, काठमाडौं
मदन पुरस्कार गुठीले अनलाइनका माध्यमबाट मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान अर्पण गरेको छ । गुठीले नोबेल कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत पुरस्कार तथा सम्मान अर्पण समारोह सम्पन्न गरेको हो । आज गुठीको वेवसाइट, फेसबुक तथा युट्युबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा भारत नैनीतालबाट इतिहासकार शेखर पाठकले महाकाली नदी वारिपारिको सीमाको इतिहासबारे प्रवचन दिनुभएको थियो । जगदम्बाश्री सम्मानबाट सम्मानित वरिष्ठ संगीतकार शान्ति ठटालले दार्जिलिङबाट आफ्नो मन्तव्य दिनुभयो । संगीतकार ठटालले संगीतको कुनै सीमा नहुने भन्दै नेपाली संगीतको सेवामा जीवन अर्पण गर्न पाउँदा गौरवान्वित भएको धारणा राख्नुभयो । ‘महारानी’ उपन्यासमार्फत २०७६ सालको मदन पुरस्कार पाउनुभएका लेखक चन्द्रप्रकाश बानियाँले पोखराबाट मन्तव्य दिनुभयो । उपन्यासकार बानियाँले इतिहासको एउटा घटनालाई लिएर आफूले लेखेको उपन्यास पुरस्कारकै कारण साहित्यिक खुराक बनेको बताउनुभयो । मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान वितरण गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्