मालपोत कार्यालय तुलसीपुरले एक महिनामै अढाई करोड राजस्व संकलन – Kanika Khabar
Saturday, January 22Nepali News Portal

मालपोत कार्यालय तुलसीपुरले एक महिनामै अढाई करोड राजस्व संकलन

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, दाङ
कोरोना माहामारीका कारण लामो समय बन्दाबन्दी हुदा अर्थतन्त्रमा नराम्रो धक्का पुगेको आँकलन गरीरहेको बेला दाङको एक सरकारी कार्यालयले एक महिनामै करोडौ रुपैया राजस्व संकलन गरेको छ । तुलसीपुर स्थित मालपोत कार्यालय तुलसीपुरले राजस्वमा सोचे भन्दा धेरै प्रगती हासील गरेको छ । कार्यालयले असोज महिनामा अढाई करोड राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेस खड्काले जानकारी दिनुभयो । एक महिनामा यति धेरै राजस्व संकलन हुनु सम्भव त हालसम्मकै उच्च भएको उहाले बताउनु भयो । कार्यालयले गत असोजमा २ करोड ४६ लाख ८५ हजार ६ सय ८८ रुपैया राजस्व संकलन गरेको छ । कार्यालयले पहिलो पटक सोचे भन्दा धेरै राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख खड्काले दावी गर्नुभयो ।कोरोना भाईरस संक्रमणको जोखिमका बावजुद पनि चालु आर्थिक वर्षको साउन महिना देखी आफुहरुले कार्यालयबाट सेवा प्रवाह गरेको उहाले बताउनु भयो । तर साउन र भदौमा खासै राजस्व संकलन नभएता पनि असोजमा सोचे भन्दा पाँचौ गुणा धेरै राजस्व संकलन भएको उहाको भनाई छ । विगतका वर्षमा असोज महिनामा झण्डै ३०/४० लाख रुपैया राजस्व संकलन हुने गरेको थियो । जवकी असोजमा कम राजस्व उठ्ने महिनामा पर्दछ ।साउनमा पुरा महिना कार्यालय खुला भएकोमा १ करोड ८० लाख रुपैया राजस्व संकलन भएको छ । यस्तैगरी भदौमा १५ दिन जति कार्यालय खुला भएकोमा अन्दाजी ७६ लाख रुपैया राजस्व संकलन भएको छ । कार्यालय प्रमुख खड्काले वितेको तिन बर्षको अवधीमा अन्दाजी ५ करोड राजस्व संकलन भएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्