सरकार कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेको : काँग्रेस – Kanika Khabar
Saturday, January 17Nepali News Portal

सरकार कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेको : काँग्रेस

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, काठमाडौं
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सांसदहरूलाई दिएको दसैं भत्ता फिर्ता गराउन र कोरोना सङ्क्रमितको निशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो दलका सबै सांसदहरूलाई दसैं भत्ताबापत आएको रकम फिर्ता गर्न पनि निर्देशन दिनुभएको छ । सभापति देउवाले आज बिहान संसदीय दलका पदाधिकारीसँग छलफल गरेर सबै सांसदहरूलाई कुन प्रक्रियाद्वारा हुन्छ दसैं भत्ता फिर्ता गर्नका लागि निर्देशन दिनुभएको हो । संसदीय दलमा परामर्श गरेर दसैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्नका लागि सभापति तथा संसदीय दलका नेताले संसदीय दलका पदाधिकारीसँग छलफल गरेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यस्तै प्रवक्ता शर्माले पनि विज्ञप्ति निकालेर कोरोना सङ्क्रमितको निशुल्क उपचार गर्न सरकारसँग माग गर्दै महामारीको बेलामा नै जनतालाई सरकार आवश्यक पर्ने भन्दै सङ्क्रमित आफैंले उपचार गर्नुपर्ने भन्ने सरकारको निर्णय फिर्ता गर्न सरकारसँग आग्रह गर्नुभएको छ । शर्माले सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभएको छ । सरकार कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन खोजेर गैह्रजिम्मेवार बनेको काँग्रेसको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्