रौतहटको चन्द्रपुरमा आजबाट करदाता सेवा सञ्चालनमा – Kanika Khabar
Sunday, January 18Nepali News Portal

रौतहटको चन्द्रपुरमा आजबाट करदाता सेवा सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, रौतहट
नेपाल सरकार अर्थ मन्त्रालय आन्तारिक राजस्व विभाग अन्र्तगत चन्द्रपुरमा करदाता सेवा कार्यालयको स्थापना भएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ देखि संचालनमा आउने गरी सरकारले २४ वटा करदाता सेवा कार्यालय थप गरेको थियो । सोहि अनुसार चन्द्रपुरमा आज कार्यालयको स्थापना गरिएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ३ का दिनानाथ खरेललाई शान्ता किराना पसलको स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्र दिदै सेवा शुरु गरिएको छ । करदाता कार्यालय मार्फत कर सम्बन्धि सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धि शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु दिने छ । कर सम्बन्धि हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र सहज बनाउने उद्देश्यले चन्द्रपुरमा करदाता सेवा कार्यालय खुलेको हो । चन्द्रपुरमा करदाता सेवा कार्यालयको स्थापना हुनुले खुसी थपिएको र व्यवसायीलाई सहज हुने भएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघले जनाएको छ । लामो समयसम्म कर नतिरी निष्क्रिय रहेका उद्योगी व्यवसायी समेत करको दायरामा आउने अपेक्षा गरिएको छ । चन्द्रनिगाहपुरमा स्थापना भएको करदाता सेबा कार्यालयले रौतहटको सात वटा पालिका भित्रमात्र सेबा दिईने प्रमुख उद्धब अधिकारीले बताउनु भयो । उहाका अनुसार चन्द्रपुर, गुजरा फतुवा बिजयपुर, कटहरिया, गरुडा, गडिमाई र बृन्दाबन नगरपालिका भित्रको ब्यबसायी लगायत लाई सेबा दिईनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्