रानीपोखरीमा मिसाउन सिन्धुलीबाट एक घैला पानी पठाईयो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

रानीपोखरीमा मिसाउन सिन्धुलीबाट एक घैला पानी पठाईयो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३, सिन्धुली
काठमाण्डौस्थित रानीपोखरीमा मिसाउन सिन्धुलीबाट आज पवित्र धार्मिकस्थल तथा नदीको एक घैला पानी पठाईएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परिपत्र अनुसार सिन्धुलीको कमलामाई मन्दिरको काखमा रहेको कमला नदीबाट एक घैला पानी रानीपोखरीमा मिसाउन पठाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । रानीपोखरी समुद्घाटन हुनु अघि ७७ वटै जिल्लाको पवित्र धार्मिकस्थल तथा नदीको पानी मिसाउने केन्द्रको परिपत्र अनुसार शुद्ध शान्ति गरी कमला नदीको पानी पठाएको कार्यालयका सूचना अधिकारी हेम कार्कीले जानकारी दिनुभयो । पुनर्निर्माण सकिएकाले कात्तिक ५ गते रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्नु हुदैछ । रानीपोखरीमा पानी मिसाउन माथिको पत्रचार थियो । सोही अनुसार सिन्धुलीबाट पनि पानी पठाएका हौं ,उहाँले भन्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्