कर्णालीका मन्दिरको जग्गामा भूमाफियाको चलखेल – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कर्णालीका मन्दिरको जग्गामा भूमाफियाको चलखेल

    मा प्रकाशित

कनिका खबर
कात्तिक ४, मुगु
जिल्लाको छायानाथ रारा नगरपालिका वडा–१ मा रहेको प्रसिद्ध धार्मिकस्थल कालिमा मालिका मन्दिरको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको छ । कालिका मालिका मन्दिरको नाममा २०५२ मा सञ्चालन भएको नापीमा रहेको कित्ता नम्बर १२ को २ हजार २ सय ४८ क्षेत्रफलमा रहेको जग्गा अतिक्रमण गरेर घर बनाउने क्रम बढेको हो । कालिका मालिका दुवै देवी हुन्, कालिकालाई रगतको भोग लाग्छ भने मालिकालाई दूध भोग लाग्ने धार्मिक विश्वास छ । छत्याल (मल्ल) को स्थापनादेखि नै कुल देवताको रूपमा कालिका मालिका मानिँदै आइएको छ । राजकीय डाँडा भएको हुँदा कालिका मालिकालाई प्राचीन धार्मिकस्थल भनिएको हो । हालको जिल्ला समन्वय समितिको कार्यालयदेखि राष्ट्रिय वाणिज्य बैंक, कर्ण रावलको घरलगायत वरपरको क्षेत्रमा ४ किल्लाभित्र कालिका मालिकाको मन्दिर छ । दमाया ढुक्सो, भीमसेनस्थान पनि यही जग्गाभित्र पर्छ । भूमाफिया र २०५२ मा नापी गर्ने कर्मचारीको मिलेमतोमा ९ रोपनीभन्दा बढी जग्गा अतिक्रमणमा परेको भूपूशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले जानकारी दिनुभयो । मन्दिरको जग्गा पहिला ९ रोपनी ४ हजार क्षेत्रफलभन्दा बढी थियो । पछिल्लो नापी भइसकेपछि जग्गा अतिक्रमण गर्नेहरूको विवरणसहित मन्दिरको कागजपत्र रहेको रेकर्ड फाइलमा राखिएको छ । अहिलको नयाँ समिति आएपछि मन्दिरको जग्गा खोज्न थालिएकाले आशा जगाएको कालिका मालिका मन्दिरका पुजारी पूर्णप्रसाद चौलागाईंले बताउनु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्