मुगुम कार्मारोङ्ग गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधी अभाव – Kanika Khabar
Saturday, January 24Nepali News Portal

मुगुम कार्मारोङ्ग गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधी अभाव

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, मुगु
जिल्लाको पर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा औषधी अभाव देखिएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाका लागि औषधी दिने भने पनि अहिलेसम्म स्वास्थ्य चौकिमा औषधी पुग्न नसकेपछि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भई रहेको स्वास्थ्य कर्मिहरुले बताएका छन् । माँग्रीमा रहेको स्वास्थ्य चौकिमा उपचार गर्न आउने स्थानीयवासीले औषधी नपाए पछि आफुहरुसंग झगडा गर्न थालेका स्वास्थ्य चौकि माँग्रीका अहेव गोईली खत्रीले बताउनु भएको छ । स्वास्थ्य चौकिमा औषधी अभाव हुँदा गाउँपालिकाले खरिद गरी सकेको बताएको छ । औषधी खरिद भई सकेकाले केही दिन भित्र सबै स्वास्थ्य चौकिलाई औषधी उपलब्ध गरिने गाउँपालिकाको भनाई रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्