चार्डपर्वलाई मध्यनजर गर्दै दुधरास सहकारीले बाढ्यो मास्क र सेनिटाईजर – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चार्डपर्वलाई मध्यनजर गर्दै दुधरास सहकारीले बाढ्यो मास्क र सेनिटाईजर

    मा प्रकाशित

कनिका खबर

कपिल लामिछाने
दुधरास बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमको आयोजना गरि दुधरास र यसका आसपासका क्षेत्रका मानीसहरुलाई गुणस्तरिय मास्क र सेनिटाईजर वितरण गरेको छ ।
बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड१९) का अहिले दाङमा पनि कोभिड१९ का बिरामीहरु धेरै भेटिन थालेपछि स्वास्थ्यका मापदण्डहरु नअपनाउदा बिरामीहरुको संख्या बढेको कुरालाई मध्यनजर गर्दै संस्थाले मास्क सेनिटाईर वितरण गरेको हो ।
बाटोमा हिडेका मानीसहरु,हिडेका अटोहरु, र गुडेका गाडीहरुका चालक र सह(चालकहरुले मास्क लगाए नलगाएको हेर्दै उनिहरुलाई समेत मास्क र सेनिटाईजर वितरण गरिएको हो ।
उक्त मास्क बितरण कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष केशबराज रिजालले कोरोनाको महामारीको बेलामा सहकारीहरुले यस्तै गरि जनताहरुको सुरक्षाका लागी लागी स्वास्थ्य मापदण्डहरु मास्क,सेनिटाईजर आदी वितरण गर्न सकियो भने कोरोनाका बिरामीहरु कम हुने कुरा उल्लेख गर्नुभयो साथै उहाँले यस महामारीबाट बच्चका लागी सरकारको मात्रै मुख नताकी निजि संघ संस्थाहरुले पनि ध्यान दिन सकियो भने यस महामारीलाई कम गर्न सकिने बताउनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतले स्थानीय सरकारले यस महामारीबाट जनताहरुलाई बचाउनका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको र बिजया दशमीलाई मध्येनजर गर्दै घरमा नै बस्न,भिडभाड नगर्न र नियमित रुपमा साबुन पानीले हात धोई नियमित मास्कको प्रयोग गर्न सम्पुर्ण टोल बिकास संस्था मार्फत जानकारी गराउदै आबश्यक समन्वय गर्दै आएको बताउनुभयो । कार्यक्रममा बेलझुण्डी प्रहरी पोष्टका ईन्चार्ज बलिराज शाहीलाई एक थान मास्क र सेनिटाईजर वितरण समेत गरिएको थियो । उक्त मास्क बितरण कार्यक्रममा करिव १ सय जनालाई मास्क र सेनिटाईजर वितरण गरिएको थियो । साथै उक्त कार्यक्रममा आउदै गरेको नेपालीहरुको महान पर्व बिजया दशमी,शुभ दिपावली तथा छट पर्वको अवसरमा सम्पुर्ण सेयर सदस्य लगाएत सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्दै शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
दुधरास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशबराज रिजालको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेतको प्रमुख आथित्यतामा भएको कार्यक्रम संस्थाका कार्यसमिति सदस्य बिष्णु प्रसाद खुलालको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिव प्रमोद प्रसाद घिमिरेले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्