गण्डकी प्रदेशका सांसदले दशैं भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने – Kanika Khabar
Sunday, January 18Nepali News Portal

गण्डकी प्रदेशका सांसदले दशैं भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, काठमाडौं

गण्डकी प्रदेशमा प्रदेशसभाका नेकपा सांसदले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । दशैं भत्ताबापत पाएको एक महिनाको पारिश्रमिक उनीहरुले कोरोना कोषमा जम्मा गर्ने भएका हुन् । मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले बुधबार बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले पनि भत्ताको रकम कोरोना कोषमा नै राख्ने निर्णय गरेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशसभामा नेकपाका ४० जना सांसद छन् । प्रदेशसभा सचिवालयले यसअघि नै सबै सांसदको दसैं भत्ता खातामा राखिदिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष दल कांग्रेसले मंगलबार भत्ता रकम फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेशसभामा कांग्रेसका १५ जना सांसद छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्