नागरिकको कोरोना भाइरसको जाँच र उपचारको जिम्मा लिन सरकारलाई आग्रह – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

नागरिकको कोरोना भाइरसको जाँच र उपचारको जिम्मा लिन सरकारलाई आग्रह

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, काठमाडौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना सङ्क्रमित नागरिकले आफ्नै खर्चमा उपचार गर्नुपर्ने सरकारले गरेको निर्णय लज्जास्पद भएको भन्दै निर्णय सच्याउन सरकारसँग माग गर्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले सरकारको यस्तो निर्णयले सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार, कर्तव्यविमुख छ भन्ने देखिएको आरोप लगाउनुभएको छ । सभापति देउवाले नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै कालोबजारी, महंगी, मिसावट, कृत्रिम अभाव, भ्रष्टाचार र बेथिति उग्ररुपले प्रकट भएकोसमेत बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्