कोरोना विरुद्धको खोपका लागि भातरले ८० हजार करोड लगानी गर्ने – Kanika Khabar
Saturday, January 17Nepali News Portal

कोरोना विरुद्धको खोपका लागि भातरले ८० हजार करोड लगानी गर्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, दाङ

भारत सरकारले कोरोना विरुद्धको खोपका लागि ८० हजार करोड लगानी गर्ने भएको छ । एक सय ३० करोड जनसंख्याका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउनका ८० हजार करोड लगानी गर्ने भारत सरकारले निर्णय गरेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक नागरिकलाई कोरोना खोपको दुई डोज दिइनेछ, जसका लागि ३ सय ८५ रुपैयाँ प्रतिव्यक्ति खर्च लाग्नेछ । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण जारी हुँदा भारतमा पनि सीरम इन्स्टिच्यूट र डा. रेड्डीज लेबोरेटरीजद्वारा कोभिड १९ को खोपको परीक्षण जारी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्