२०२२ को विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बरमा सार्वजनिक गरिने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

२०२२ को विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बरमा सार्वजनिक गरिने

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, दाङ

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बरमा सार्वजनिक हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बर ७ मा जुरिचमा गरिने जनाएको छ । कोरोना भाईरसलाई मध्ये नजर गर्दै ‘ड्र’ भर्चुअल हुनेछ । जसमा सबै देशका प्रतिनिधिको सहभागिता हुनेछ । युरोपियन छनोटमा ५५ राष्ट्र सहभागी हुने छन् । जसलाई १० समूहमा विभाजन गरिने छ । समूह चरणमा सबै टिमले होम एण्ड अवेको आधारमा खेल्ने छन् । १० समूहको समूह विजेता कतार विश्वकपमा छनोट हुनेछन् । उपविजेताले प्ले अफ खेल्ने छन् । युरोपियन छनोटको खेलहरु २०२१ को मार्चदेखि नोभेम्बरसम्म सकिने बताईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्