रौतहटका ८ स्थानीय तहका कर्मचारी र शिक्षकहरुले तलव पाएनन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

रौतहटका ८ स्थानीय तहका कर्मचारी र शिक्षकहरुले तलव पाएनन

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, रौतहट
रौतहटका ८ स्थानिय तहका कर्मचारी र शिक्षकले तलव पाउन सकेका छैनन् । रौतहटको १८ स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको पहिलो चौमासिकको रकम निकासा गर्न नसक्दा उक्त स्थानीय तहमा कार्यरत कर्मचारी तथा शिक्षकहरु तलब पाउनबाट बञ्चित भएका हुन । चालु आर्थिक बर्ष २०७७/०७८ को पालिकाहरुले सभा सम्पन्न गरी योजना बाँडफाँड गरेका कार्यहरु सुत्रमा अभिलेखिकरण गरेर प्रमुख कार्यकारी अधिकृतलाई लिखित रुपमा अख्तियारी दिनुपर्ने प्रावधान रहेको छ । तर रौतहटको ८ वटा स्थानीय तहे उक्त प्रावधानको पालना नगर्दा निकासा दिन नसकिएको कोष तथा लेखा नियन्त्रणको कार्यालय गौरले जनाएको छ । पहिलो चौमासिक रकम निकासा गर्नका लागि शर्त पुरा गरेका गौर, चन्द्रपुर, गरुडा, राजपुर, मौलापुर, इशनाथ, गढीमाई, वृन्दावन, माधवनारायण र परोहा नगरपालिकाको निकासा समयमै भइसकेको गइसकेको निमित्त प्रमुख कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले जानकारी दिनु भयो । रौतहटको यमुनामाई गाउँपालिकाका आफ्नो नगर सभा सम्पन्न गरिसकेको भएपनि प्रमुख प्रशासकीय अधिकृतको विवाद अदालतमा चलिरहेकाले सोको निराकरण नभएसम्म निकासा गर्न असमर्थ रहेको उहाले स्पष्ट पार्नु भयो । पहिलो चौमासिक रकम निकासा नभएका स्थानिय निकायहरुमा राजदेवी, बौैधीमाई, देवाही गोनाही, कटहरिया, गुजरा, फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरु चाडपर्वमा तलव सुविधाबाट बञ्चित भएका हुन । निजामती सेवा नियमावलीमा चाँडपर्वको वेला विशेष सुविधा सहितको तलव १५ दिन अगावै पाउनुपर्ने प्रावधान भएपनि दशै नजिकिदै गर्दा तलव पाउने कुनै आशा नदेखिदा अहिलेको शासन प्रणाली प्रति गम्भीर प्रश्न चिन्ह खडा भएको एक शिक्षकले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहका प्रमुखले हाजिर नगराई आफनो पायक पर्ने खरिदार, सुब्बा जस्ता कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएर काम गराउदा रौतहटको अधिकाँश स्थानीय तहको अवस्था निकै भद्रगोल रहेको आरोप खेप्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्