कनिका खबर
कार्तिक ९, दाङ
दसैँमा नेवार समुदायले दशैँको साटो मोहनी नखः मनाउने गर्छन् । पछिल्ला दिनहरुमा नेवार समुदायमा केहीले फूलपाती भित्र्याउने गरेको भए पनि यो मोहनी नखः नै हो । संस्कृतविद् सत्यमोहन जोशीका अनुसार बज्रयान बौध्द धर्मअनुसार विशेष प्रकारको तन्त्र साधना गरी तयार पारिएको मोहनी सिन्ह (कालो टीका) को नामबाट मोहनी नखः भएको हो । मोहनी नखः अन्तर्गत सप्तमीका दिन नेवार समुदायमा केही पनि गर्नुपर्दैन । दशैँको सुरु आश्विन प्रतिपदा (घटस्थापना) बाट भएजस्तै मोहनी नखःको सुरु पनि यसै दिनबाट हुने संस्कृतिविद् जोशीले सीआईएनसँग बताउनुभयो । हिन्दूहरूले घरघरमा जमरा राखेर घटस्थापना गरेजस्तै हिन्दू र गैरहिन्दू अर्थात् बौद्धमार्गी नेवारले पनि आश्विन प्रतिपदा अर्थात कौलाथ्व (पारु) कै दिन आगम घरमा ‘नलाः स्वनेगु’ अर्थात् जमरा राख्ने गर्छन् । जोशीका अनुसार वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मोहनी नखः नेवार समुदायको सबैभन्दा ठूलो चाड हो । दशमीदेखि पूर्णिमासम्म नखत्या (पर्व सकेपछिको भोज) भनी छोरीज्वाइँ, दिदीबहिनीलाई भोज बोलाउनुपर्ने प्रचलन छ ।
मा प्रकाशित


