आईपीएल क्रिकेटमा कोलकोत्ता र पञ्जाब विजयी – Kanika Khabar
Friday, March 29Nepali News Portal

आईपीएल क्रिकेटमा कोलकोत्ता र पञ्जाब विजयी

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, दाङ
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रन बनाएको थियो । हैदराबादलाई हराएपछि पन्जाबले ११ खेलमा १० अङ्क जोडेको छ । पाँचौ स्थानको पन्जाबले प्ले अफ सम्भावना समेत जीवित राखेको छ । हैदराबाद ११ खेलमा ८ अङ्क जोड्दै तालिकाको छैटौं स्थानमा रहेको छ । यस्तै हिजै भएको अर्को खेलमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा कोलकाताले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीलाई ५९ रनले पराजित गरेको हो । जितपछि कोलकाताले ११ खेलमा १२ अङ्क जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ । दोस्रो स्थानको दिल्लीले भने शीर्ष स्थानमा उक्लने मौका गुमाउँदै ११ खेलमा १४ अङ्क जोडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्